फ्रान्स र रोमानिया पठाउने भन्दै १३ लाख रुपैयाँ ठगी
ratopati.com · Sat Aug 01 07:08:43 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर २ बस्ने ३३ वर्षका सागर उप्रेती र रुपन्देहीको सौराहाफर्साटिकर नगरपालिका वडा नम्बर ६ का ४५ वर्षका कृष्ण कुमार उपाध्याय रहेका छन्।
उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेका थिए। रकम लिएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा जाहेरी दरखास्त दिएका थिए। अनुसन्धानका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई साउन १५ गते प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)