मिनी ट्रकमा ७७५ किलो गाँजा, चालक पक्राउ
nepalnews.com · Mon Jun 29 05:57:04 GMT 2026

धनकुटा। प्रहरीले धनकुटामा मिनी ट्रकमा ओसारपसार भइरहेको ७७५ किलो गाँजा बरामद गरेको छ। प्रहरीले सोमबार बिहान साँगुरीगढी गाउँपालिका-६ कोलबोटेबाट गाँजासहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका(१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका-१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवर छन्। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को१ख ४६३५ नम्बरको मिनी ट्रकका चालक कुँवरलाई गाँजासहित पक्राउ गरको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)