सुदूरपश्चिममा सुरक्षा सतर्कता बढाउन मुख्यमन्त्री शाहको निर्देशन, सबै जिल्लामा सद्भाव र्याली गरिने
nepalpress.com · Sat Aug 01 07:19:46 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका सुरक्षा निकायका प्रमुखहरूसँग समसामयिक सुरक्षा अवस्था, सामाजिक सद्भाव तथा मनसुनजन्य विपद् व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल गरेका छन् ।
मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा मुलुकमा विकसित राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका आन्दोलन, सम्भावित प्रदर्शन तथा झडपका घटना, साथै मनसुन सक्रिय भएसँगै प्रदेशका विभिन्न जिल्लामा आउन सक्ने बाढी, पहिरो र डुबानलगायतका विपद्बाट उत्पन्न हुन सक्ने चुनौतीबारे समीक्षा गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)