धार्मिक तथा साम्प्रदायिक द्वन्द्वले राष्ट्रलाई दशकौँ पछाडि धकेल्छ: उपेन्द्र यादव
nepalpress.com · Sat Aug 01 07:24:50 GMT 2026

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले धार्मिक तथा साम्प्रदायिक द्वन्द्वले कुनै पनि देशलाई स्थायित्व र समृद्धितर्फ नभई गृहयुद्ध, अस्थिरता र विनाशतर्फ धकेल्ने बताएका छन्। द्वन्द्वले कुनै पनि पक्षलाई जिताउँदैन, बरु सम्पूर्ण राष्ट्रलाई दीर्घकालीन सङ्कटमा पार्ने उनको भनाइ छ।
उनले सिरिया, इराक, लेबनान, यमन, सुडान, अफगानिस्तान, बोस्निया–हर्जेगोभिना, श्रीलंका तथा इथियोपियालगायत मुलुकहरूको उदाहरण दिँदै धार्मिक वा साम्प्रदायिक हिंसाले लाखौँ नागरिक विस्थापित भएको, ठूलो जनधनको क्षति भएको तथा राष्ट्रिय विकास दशकौं पछाडि धकेलिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)