युक्रेनमाथि रुसको मिसाइल आक्रमण: ९ जनाको मृत्यु, २३ घाइते
annapurnapost.com · Sat Aug 01 07:45:31 GMT 2026

काठमाडौं : युक्रेनको राजधानी किभमा रुसले शनिबार गरेको हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको छ, भने २३ जना घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार राजधानीका विभिन्न भागमा श्रृंखलाबद्ध शक्तिशाली विस्फोटहरू भएका थिए। किभका मेयर भिटाली क्लित्स्कोले सहरमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको र त्यसपछि धेरै स्थानमा भीषण आगलागी हुनाका साथै केही क्षेत्रमा विद्युत आपूर्तिसमेत अवरुद्ध भएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)