फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ ले गर्यो नयाँ सुरुवात
ratopati.com · Sat Aug 01 08:03:30 GMT 2026

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार र हप्तामा एक दिन नियमित बिदाको विषय बेला–बेलामा उठ्ने गरे पनि यसलाई औपचारिक रूपमा कार्यान्वयन गर्ने अभ्यास भने विरलै देखिएको छ। छायाङ्कनको व्यस्त तालिका, लामो कार्य समय र पारिश्रमिकका मुद्दाबिच प्राविधिकहरूको आराम र पारिवारिक समयको आवश्यकता प्रायः ओझेलमा पर्ने गरेको छ।
यही अवस्थालाई मध्यनजर गर्दै रघुजी फिल्म्सको ब्यानरमा निर्माणाधीन नेपाली कथानक चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’ ले चलचित्र प्राविधिकका लागि हप्तामा एक दिन अनिवार्य बिदा दिने निर्णय गरेको छ। हाल काठमाडौँमा धमाधम छायाङ्कन भइरहेको चलचित्रको ३०–४० दिनसम्म निरन्तर चल्ने छायाङ्कन तालिकाबिच प्राविधिकहरूले शारीरिक तथा मानसिक रूपमा विश्राम पाउनुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको निर्माण पक्षले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)