सरकारको कार्यशैलीमाथि प्रश्न : नजानेको हो कि नचाहेको ?
nepalpress.com · Sat Aug 01 08:03:16 GMT 2026

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारबाट जनताले केवल सत्ता परिवर्तन मात्र नभई शासन शैलीमै परिवर्तनको अपेक्षा गरेका थिए । विगतका सरकारभन्दा फरक ढङ्गले काम गर्ने, जनताको आवाज सुन्ने, असन्तुष्टिलाई संवादमार्फत सम्बोधन गर्ने र सङ्कटको समयमा दृढ नेतृत्व देखाउने आशा गरिएको थियो । तर, पछिल्ला घटनाक्रमले यही अपेक्षामाथि गम्भीर प्रश्न उठाउन थालेका छन् ।
पूर्वी नेपालको मधेस क्षेत्रमा भएको झडप, आगजनी, निषेधाज्ञा र मानवीय क्षतिपछि सरकारले परिस्थिति नियन्त्रणमा लिन खोजे पनि अवस्था पूर्ण रूपमा सामान्य बनाउन नसकेको भन्दै आलोचना बढ्न थालेको छ । घटना भएको धेरै दिन बितिसक्दा पनि तनाव कायम रहनु, जनअसन्तुष्टि बढ्दै जानु र विभिन्न क्षेत्रबाट सरकारको भूमिकामाथि प्रश्न उठ्नुले नयाँ सरकारको सङ्कट व्यवस्थापन क्षमता र राजनीतिक तयारीमाथि बहस चर्काएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)