निर्मल पुर्जासहित सात आरोही अझै बेपत्ता, खोजीकार्य जारी
shilapatra.com · Sat Aug 01 07:58:00 GMT 2026

पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर हराइरहेका पाँच नेपालीसहित सात आरोहीको खोजीकार्य शनिबार पनि बिहानैदेखि जारी छ । शुक्रबार साँझ खराब मौसम र प्रकाशको कमीका कारण रोकिएको खोजीकार्य शनिबार बिहानैबाट सुरु भएको पाकिस्तानी समाचार माध्यम ‘ डन डटकम ’ ले उल्लेख गरेको छ ।
बिहीबार हिमपहिरोमा परेकामध्ये तीन जनाको शव फेला परेको थियो । पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार यसअघि चार जनाको शव भेटिएको भनिए पनि ओमानका नाधिरा अहमेद अब्दुल्ला अल हार्थी, नेपालका पुरबहादुर गुरुङ र अमेरिकाका मालोरी गिसको मात्रै शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)