ग्याँस नपाए निगमको हटलाइन सम्पर्क गर्न आग्रह
himalpress.com · Sat Aug 01 08:04:57 GMT 2026

काठमाडौँ – नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँस नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूसँग आग्रह गरेको छ । बजारमा ग्याँसको अभाव रहेको भन्दै गुनासो आउन थालेपछि निगमले विज्ञप्ति जारी गर्दै कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेको हो ।
निगमले बजारमा एलपी ग्याँसको आयात र बिक्री वितरण नियमित भइरहेको स्पष्ट पारेको छ । तर, उपभोक्ताले सहज रूपमा ग्याँस नपाएको अवस्थामा निगमको हटलाइनमा खबर गरेर सहजीकरण गर्न सकिने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)