अन्तरराष्ट्रिय युवा दिवसमा ‘संसद्सम्म युवाको आवाज’ अन्तरसंवाद
barnanmedia.com · Sat Aug 01 08:04:26 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा भव्य रूपमा मनाउने निर्णय गरेको छ । यही साउन १३ गतेको रास्वपा केन्द्रीय समितिको बैठकले अन्तरराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तरराष्ट्रिय युवा दिवसको आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ । आयोजक समिति सदस्यमा केन्द्रीय सदस्य, सांसद एवं पार्टीका युवा नेताहरू हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, चन्दनकुमार ठाकुर, भरत केसीलगायत रहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)