शान्ति समाजले सुरु गर्यो सद्भाव एकता अभियान
nepalnews.com · Sat Aug 01 08:34:37 GMT 2026

काठमाडौँ। मानवअधिकार तथा शान्ति समाजले सद्भाव एकता अभियान सुरु गरेको छ। यो अभियानको पहिलो चरणमा विभिन्न जिल्लामा एकता र्याली आयोजनाको क्रम सुरु भएको छ।
“हाम्रो जीवनधारा अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा, तोड्न होइन जोडनका लागि योगदान गरौँ, संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ” भन्ने आह्वानसहित शान्ति समाज सुर्खेत शाखाको आयोजनामा शनिबार वीरेन्द्रनगरमा एकता र्याली गरेको छ। कार्यक्रममा शान्ति समाजका महासचिव प्रकाश शाहीलगायत सामाजिक अगुवाहरूको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)