सामाजिक सद्भाव संकटमा : राष्ट्रिय सहमति, सरकारको जवाफदेहिता र जनसहभागिताको अपरिहार्यता
annapurnapost.com · Sat Aug 01 08:43:13 GMT 2026

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रबाट सुरु भएको जातीय तथा धार्मिक तनाव अब एउटा स्थानीय घटनामा मात्र सीमित देखिँदैन। मधेशका विभिन्न स्थानमा विरोध प्रदर्शन, जुलुस, प्रतिजुलुस तथा उत्तेजनापूर्ण गतिविधिहरू देखिएका छन्। केही स्थानमा हिंसा, आगजनी, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति र समुदायबीच अविश्वास बढाउने घटनाले परिस्थिति थप संवेदनशील बनेको छ। अहिले तनावको प्रभाव सिराहासम्म देखिन थालेको छ भने मधेशका अन्य जिल्लामा पनि यसको असर फैलिन सक्ने चिन्ता बढिरहेको छ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र हो। हाम्रो शक्ति विविधताको एकतामा निहित छ। यही विविधतालाई विभाजनको आधार बनाउने कुनै पनि प्रयास संविधानको भावना, राष्ट्रिय हित र नेपाली समाजको ऐतिहासिक सहअस्तित्वविरुद्ध हुन्छ। त्यसैले जातीय वा धार्मिक तनावलाई सामान्य शान्ति–सुरक्षाको विषयका रूपमा मात्र होइन, राष्ट्रिय एकता, लोकतान्त्रिक स्थायित्व र राष्ट्रिय सुरक्षासँग जोडिएको विषयका रूपमा हेर्न आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)