भाला फ्याँकमा इतिहास रच्दै श्रीलंकाका पाथिराजले जिते स्वर्ण
ratopati.com · Sat Aug 01 09:22:28 GMT 2026
काठमाडौँ । श्रीलंकाका रुमेश थरंगा पाथिराजले २०२६ राष्ट्रमण्डल खेलकुदमा भाला फ्याँक स्पर्धाको स्वर्ण पदक जित्दै इतिहास रचेका छन् । उनको यो जीतसँगै एथलेटिक्समा श्रीलंकाले पहिलो पटक राष्ट्रमण्डल खेलकुदको स्वर्ण पदक जित्न सफल भएको हो ।
२३ वर्षीय पाथिराजले फाइनलमा पाकिस्तानका ओलम्पिक स्वर्ण विजेता अर्शद नदीम र भारतका स्टार भाला फ्याँक खेलाडी नीरज चोपडालाई पछि पार्दै ऐतिहासिक सफलता हात पारे । ग्लास्गोमा भएको फाइनलमा पाथिराजले ८९.७५ मिटर टाढासम्म भाला फ्याँके ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)