सप्तरीमा पापडले शान्ति र सद्भावका लागि आइतबार सद्भाव र्याली निकालिने
onlinekhabar.com · Sat Aug 01 09:26:02 GMT 2026

१६ साउन, सप्तरी । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सप्तरीले जिल्लामा शान्ति, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न आइतबार बिहान राजविराजमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ ।
शनिबार नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा बसेको पापडको बैठकले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र त्यसपछि सप्तरीमा विकसित घटनाक्रमबारे गम्भीर छलफल गर्दै उक्त निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)