सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज हुने
kalakarmi.com · Sat Aug 01 09:19:23 GMT 2026

सिरहा- सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यू आदेश आइतवार दुई घण्टाका लागि खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाले सुरक्षा अवस्थाको समीक्षा गर्दै सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद तथा अत्यावश्यक कामकाज गर्न सहज होस् भन्ने उद्देश्यले दिउँसो ३ बजेदेखि ५ बजेसम्म कर्फ्यू खुकुलो बनाउने निर्णय गरेको हो ।
प्रशासनका अनुसार उक्त अवधिमा नागरिकले आवश्यक खाद्यान्न, औषधिलगायत दैनिक उपभोग्य वस्तुको व्यवस्थापन गर्न सक्नेछन्। साथै, लामो दूरीका सवारीसाधनको सञ्चालनलाई सहज बनाउन सुरक्षा निकायलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)