तीव्र हावाबीच ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण
kendrabindu.com · Sat Aug 01 09:57:24 GMT 2026

एथेन्स । ग्रीसमा तीव्र हावाहुरीका कारण डढेलो नियन्त्रणमा कठिनाइ भएपछि शनिबार सयौँ अग्निनियन्त्रकले एथेन्सको उत्तर–पश्चिममा रहेको लोकप्रिय तटीय रिसोर्ट क्षेत्र जोगाउन सङ्घर्ष गरिरहेका छन् ।
अग्नि नियन्त्रण विभागका अनुसार एथेन्सबाट करिब ७० किलोमिटर उत्तर–पश्चिममा पर्ने भियोटिया क्षेत्रको पोर्टो जेर्मेनोमा ३०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ । “आगो समुद्रसम्म पुगिसकेको छ । घरमा क्षति पुगेको छ”, अग्नि नियन्त्रण विभागका प्रवक्ताले एएफपीलाई बताए । उनले तीव्र हावाका कारण नियन्त्रण प्रयास प्रभावित भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)