रसुवा बाढीपहिरोपछि मधेसका ६७ जना सम्पर्कविहीन, केही परिवारको सम्पर्कमा
nagariknews.nagariknetwork.com · Thu Aug 27 13:46:58 GMT 2026

रसुवामा आएको बाढी तथा पहिरोपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट रसुवा पुगेका ६७ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा उनीहरूको विवरण सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार रोजगारी, जलविद्युत् आयोजना, निर्माण तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका व्यक्ति तथा गोसाइँकुण्ड भ्रमणमा गएका व्यक्तिसमेत बाढीपहिरोपछि परिवारको सम्पर्कमा आउन सकेका छैनन्। सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा उनीहरूको अवस्थाबारे परिवारमा चिन्ता बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)