राहदानी आवेदन फाराम सोमबारसम्म खुला, विभागले भन्याे– तोकिएको समयमै उपस्थित हुनू
shilapatra.com · Sat Aug 01 10:00:00 GMT 2026

राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला राखिएको जनाएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत आवेदन फाराम खुला रहने जानकारी दिएको हो ।
विभागका अनुसार, वैदेशिक रोजगार विभागले १४ साउनमा जारी गरेको सूचनाअनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत आवेदन दिने म्याद थप गरिएकाले त्यसलाई मध्यनजर गर्दै हालका लागि थप आवेदन फाराम पनि खुला गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)