राष्ट्रिय सतर्कता केन्द्रमा शिक्षा र स्वास्थ्य सम्बन्धी उजुरीका चाङ
ratopati.com · Sat Aug 01 10:10:19 GMT 2026

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षको अवधिमा स्वास्थ्य र शिक्षा क्षेत्रका ३७२ वटा उजुरी परेको छ । आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रसँग सम्बन्धित १९२ र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १८० वटा उजुरी परेका हुन् । शिक्षा क्षेत्रमा परेका उजुरीमध्ये १०३ वटा र स्वास्थ्य क्षेत्रका १४७ वटा उजुरी फर्छ्योट भएका छन् ।
स्वास्थ्य क्षेत्रमा अधिकांश उपकरण खरिद र कर्मचारीलाई पद अनुसार जिम्मेवारी नदिएको सँग सम्बन्धित छन् । केन्द्रका नीति निर्माण तथा अनुगमन शाखाका अधिकृत शोभित रिजालले प्राप्त उजुरीहरूको अनुगमनको रिपोर्ट प्रधानमन्त्री कार्यालयमा पेस गरिँदै आएको बताए । उनले भने– ‘स्वास्थ्य क्षेत्रमा उजुरीहरू प्राप्त भएपछि त्यसको तत्काल प्रक्रिया अगाडी बढाउँछौ । अनुगमन गरिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेस हुने गर्छ ।’ अधिकांश उजुरीहरू निर्देशन र सतर्क मात्रै गराइने गरेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)