जमलमा किन भइरहेको छ डुबान? यस्तो छ प्राविधिक कारण
ratopati.com · Sat Aug 01 10:14:47 GMT 2026

काठमाडौँ । बर्खायाम सुरु हुनासाथ काठमाडौँको जमल क्षेत्र जलमग्न हुनुको मुख्य कारण ढलमा फोहर थुप्रिएर नभई ढलको प्रणालीगत क्षमता (बहाव क्षमता) नमिलेका कारण भएको पाइएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको निर्देशनपछि साउन १५ गते शुक्रबार सडक विभाग, विपद् व्यवस्थापन प्राधिकरण र खानेपानीसम्बन्धी निकायका अधिकारीहरूको संयुक्त टोलीले गरेको स्थलगत अनुगमनका क्रममा यस्तो तथ्य खुलेको हो।
अनुगमनका क्रममा टोलीले विभिन्न दिशाबाट आउने ठूलो परिमाणको पानीलाई निकास दिने पाइप अति साँघुरो भएकाले जमल क्षेत्र वर्षेनि डुबानमा पर्ने गरेको निष्कर्ष निकालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)