युवतीको मृत्युपछि हेटौँडाका दोहोरी तथा डान्स बारमाथि प्रश्न
kalakarmi.com · Sat Aug 01 10:14:43 GMT 2026

हेटौँडा- हेटौँडामा रातभर सञ्चालन हुने दोहोरी साँझ तथा डान्स बारहरूको सञ्चालन समय निर्धारण गर्न र त्यहाँ कार्यरत कर्मचारीहरूको अभिलेख व्यवस्थित राख्नुपर्ने आवाज उठ्न थालेको छ ।
स्थानीय सरोकारवालाहरूले दोहोरी तथा डान्स बारमा कार्यरत कर्मचारीहरूको परिचय खुल्ने कागजात सम्बन्धित प्रशासनसँग सुरक्षित हुनुपर्ने, उनीहरूको पहिचान स्पष्ट हुनुपर्ने तथा बालश्रम प्रयोग भए–नभएको विषयमा नियमित अनुगमन आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार हेटौँडाका विभिन्न दोहोरी तथा डान्स बारमा नेपालका विभिन्न जिल्लासँगै भारतीय नागरिकसमेत कार्यरत रहेको चर्चा हुने गरे पनि सम्बन्धित निकायसँग यकिन तथ्याङ्क तथा अभिलेख रहेको वा नरहेको स्पष्ट छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)