बजारमा अभाव देखिएपछि निगमले सुरु गर्यो टेकुबाट एलपी ग्यासको बिक्री वितरण
annapurnapost.com · Sat Aug 01 10:07:59 GMT 2026

काठमाडौं : बजारमा अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट ग्यास बिक्री बितरण सुरु गरेको छ। १४.२ केजीको ग्यास सिलिण्डरको बिक्री वितरणको सुरुवात गरेसँगै ग्यासको अभाव देखिएपछि निगमले शनिबारदेखि निगमको टेकुस्थित कार्यालयबाट ग्यास बिक्री सुरु गरेको हो।
काठमाडौं उपत्यकामा बजारीकरण गर्ने केही ग्यास उद्योगहरूको उच्च मागलाई मध्यनजर गर्दै नेपाल ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका सिलिन्डरहरू बिक्री वितरण गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)