सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध
rajdhanidaily.com · Sat Aug 01 10:22:09 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगीसम्बन्धी मुद्दाको छिटो र छरितो ढंगले न्याय निरुपण गर्नका लागि सहकारी कसुर हेर्ने ‘समर्पित इजलास’ गठन गर्न भन्दै सर्वाेच्च अदालतका प्रधानन्यायाधीशलाई प्रतिवेदन पेस गरेको छ ।
सहकारी ठगीसम्बन्धी मुद्धाको चाप बढिरहेकाले सो मुद्दा फछ्र्यौटका लागि समर्पित इजलास गठन गर्न अनुरोध गरिएको हो । मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधानन्यायाधीशलाई बुझाइएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)