ब्रड पिकमा खोजी तथा उद्धार जारी : निर्मल पुर्जाको अवस्था के छ ?
ratopati.com · Sat Aug 01 10:35:31 GMT 2026

काठमाडौँ । पाकिस्तानमा विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा हिमपहिरोमा परेका आरोहीहरूको खोजी तथा उद्धार कार्य दोस्रो दिन पनि जारी छ। चीनको सीमासँग जोडिएको ब्रड पिकमा १० सदस्यीय आरोहण टोलीका ६ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमध्ये नेपालमा जन्मिएका चर्चित आरोही निर्मल पुर्जा पनि छन्।
खोजी तथा उद्धार अभियानमा स्थानीय पाकिस्तानी आरोहीहरू स्वयंसेवकका रूपमा सहभागी भएका छन्। नजिकैको केटु हिमालमा आरोहण गरिरहेका केही नेपाली आरोहीहरूले समेत आफ्नो अभियान स्थगित गरेर उद्धारमा सहयोग गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)