तराईका घटनाप्रति साना उद्योग महासंघको चिन्ता, शान्ति र संयमता अपनाउन आग्रह
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्था, सामाजिक अशान्ति र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघले शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
शनिबार जारी प्रेस विज्ञप्तिमार्फत महासंघले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। सीमित पूँजी, स्थानीय बजार र दैनिक कारोबारमा निर्भर रहने घरेलु तथा साना उद्योगहरू अशान्ति, बन्द, तोडफोड तथा बजार अवरोधबाट सबैभन्दा बढी प्रभावित हुने उल्लेख गर्दै महासंघले यस्तो अवस्थाले उद्यमीहरूको आत्मविश्वास कमजोर पार्नुका साथै उत्पादन, आपूर्ति प्रणाली र समग्र व्यावसायिक गतिविधिमा प्रत्यक्ष असर पुर्याउने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)