हिं*साबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयो : राधेश्याम अधिकारी
baahrakhari.com · Sat Aug 01 10:58:07 GMT 2026

काठमाडौं । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ब्यालेट (मतदान)को साटो हिंसाका माध्यमबाट सत्ता परिवर्तन गर्ने मान्यता स्थापित हुन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार (साउन १६) ललितपुरमा आयोजित एक कार्यक्रममा उनले वर्तमान राजनीतिक अवस्था र लोकतन्त्रको भविष्यप्रति यस्तो बताएका हुन् ।
अधिकारीले विगतका हिंसात्मक घटनामा दोषीलाई जवाफदेही बनाउन नसक्दा त्यसकै पुनरावृत्ति भइरहेको तर्क गरे । ०८२ भदौ २३ र २४ गतेका घटनामा जवाफदेहिता वहन गराउन नसकिएको उनले उल्लेख गरे । अहिले फेरि त्यस्तै प्रकृतिका घटना दोहोरिन थालेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)