भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ सम्मानित
rajdhanidaily.com · Sat Aug 01 11:01:51 GMT 2026

काठमाडौँ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ (उत्कृष्ट सेवा सम्मान) बाट सम्मानित गरेको छ ।
नेपाल र भियतनामबीचको कुटनीतिक, व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्रालयले श्रेष्ठलाई प्रशंसापत्रसहित सम्मान गरेको हो। भियतनामको वैदेशिक सेवामा पुर्याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदान गरिएको उक्त सम्मानपत्रमा भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङले हस्ताक्षर गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)