विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ को निधन
techpana.com · Sat Aug 01 11:06:59 GMT 2026

काठमाडौं । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ को निधन भएको छ । उनीसँगै रहेका उनका आरोहण सहयोगीहरूको पनि सोही दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ ।
पुर्जाकै नेतृत्वमा रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ ले फेसबुकमा पेजमा विज्ञप्ति जारी गर्दै यस घटनाको पुष्टि गरेको हो । संस्थाले आफ्नो आधिकारिक पेजमा लेखेको छ, “आज हामी अत्यन्तै गहिरो शोक र पीडाका साथ यो पुष्टि गर्दछौँ कि ब्रड पिकमा गएको हिमपहिरोमा परी निर्मल ‘निम्सदाइ’ पुर्जाले ज्यान गुमाउनुभएको छ । यस अभियानका अन्य सदस्यहरूले पनि ज्यान गुमाएको दुःखद खबर हामीलाई प्राप्त भएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)