निरन्तर घट्दो क्रमममा बैंकहरुको आधारदर, कुन बैंकको बेस रेट कति ?
arthasansar.com · Fri Jul 31 11:01:48 GMT 2026

पछिल्लो समय वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) घट्दै गएको छ । वाणिज्य बैंकको बेस रेट घट्दै जाँदा ब्याजदर पनि हरेक महिना घटिरहेको छ । अहिले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्थामा रहेको छ । जसले गर्दा बैंकहरुको बेस रेटसँगै ब्याजदरमा समेत गिरावट आइरहेको छ ।
अर्थतन्त्रमा आएको सिथिलताका कारणले कर्जा प्रवाह निकै सुस्त भइरहेको छ । समग्र अर्थतन्त्रको संकुचनले गर्दा बैंकमा अधिक तरलता बढ्दा नियमित रुपमा केन्द्रीय बैंकले बजारबाट तरलता प्रशोचन गरिरहेको छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधार दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । एक महिनामा वाणिज्य बैंकहरूको औसत आधार दर ०.०९ प्रतिशत विन्दुले घटेको छ । असारमा ४.९७ प्रतिशत रहेको वाणिज्य बैंकहरुको आधार दर साउनमा घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)