पाकिस्तानमा गएको विनाशकारी हिमपहिरोले खोस्यो नेपालको एउटा चम्किलो तारा!
barnanmedia.com · Sat Aug 01 10:56:08 GMT 2026

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा ‘निम्सदाइ’को पाकिस्तानस्थित ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएको अभियानसँग सम्बन्धित टोलीले जनाएको छ। टोलीले सार्वजनिक गरेको शोक वक्तव्यमा पुर्जासँगै उनका विश्वसनीय आरोहण सहयोगी पुरबहादुर गुरुङ (युक्ता) र नीमा शेर्पाको पनि उक्त दुर्घटनामा ज्यान गएको उल्लेख गरिएको छ।
वक्तव्यमा हिमपहिरोपछि प्राप्त पुष्टिका आधारमा तीनै जनाको निधन भएको जनाउँदै यस घटनाले पर्वतारोहण क्षेत्रले एक असाधारण आरोही, प्रेरणादायी नेता र साहसी व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ । टोलीले पुर्जाले आफ्नो साहस, विनम्रता र अटल आत्मविश्वासमार्फत विश्वभरका लाखौं मानिसलाई ठूलो सपना देख्न र आफ्नो सीमाभन्दा माथि उठ्न प्रेरित गरेको जनाएको छ
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)