टिचिङ अस्पतालले पूरा गर्यो गुणस्तर सुधारका ६२ प्रतिशत सूचक
swasthyakhabar.com · Sat Aug 01 11:08:47 GMT 2026

काठमाडौं- महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले ‘गुणस्तर सुधार तथा बिरामी सुरक्षा इकाइ’ गठन गरेको एक वर्षमा गुणस्तर सुधारका निर्धारित सूचकहरूमध्ये ६२ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ। अस्पतालले आगामी दिनमा उक्त उपलब्धिलाई ८५ प्रतिशतसम्म पुर्याउने लक्ष्य राखेको छ।
इकाइ स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा आयोजित समीक्षा कार्यक्रममा गुणस्तर सुधार तथा बिरामी सुरक्षा कार्यक्रमका संयोजक डा. पवनकुमार चालिसेले यस अवधिमा सेवा तथा गुणस्तरसँग सम्बन्धित ४६२ वटा गुनासा प्राप्त भएको र ती गुनासाको कारण विश्लेषण गरी सुधारका ठोस कदम चालिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)