निर्मल पुर्जाको मृत्युको पुष्टि गर्दै उनी संस्थापक रहेको इलाइट एक्सपेडले के भन्यो ?
ratopati.com · Sat Aug 01 11:17:02 GMT 2026
काठमाडौँ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को ब्रड पिक हिमाल आरोहणका क्रममा निधन भएको पुष्टि उनको संस्थापक संस्था इलाइट एक्सपेडले गरेको छ । संस्थाले शनिबार जारी गरेको आधिकारिक वक्तव्यमा पुर्जाको हिमपहिरोमा परी निधन भएको पुष्टि गरेको हो।
इलाइट एक्सपेडले पाकिस्तानको ब्रड पिकमा आएको हिमपहिरोपछि आरोहणमा सहभागी अन्य सदस्यहरू पनि जीवित नरहेको जानकारी प्राप्त भएको जनाएको छ। संस्थाले निम्सदाइसँगै ज्यान गुमाएका उनका विश्वासपात्र आरोहण साझेदार तथा गाइड पुर बहादुर गुरुङ (युक्ता) र निमा शेर्पा प्रति पनि गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)