नवलपरासीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
onlinekhabar.com · Sat Aug 01 11:13:19 GMT 2026

१६ साउन, काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–६ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिबार दिउँसो सुनवल–६ बिसासय बस्ने ३३ वर्षीय मोहमद फिराद मियाँको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकै रहेको बन्दा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई देवदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचार गर्न लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)