राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर स्वार्थभन्दा माथि उठाउनुपर्छ: सभापति थापा
barnanmedia.com · Sat Aug 01 11:44:06 GMT 2026

नेपाली काग्रेसका सभापति गगन थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताएका छन्।
शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले राजनीतिमा बढ्दै गएको पद र शक्तिको आशक्तिप्रति चिन्ता व्यक्त गरेका छन्। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै थापाले राजनीतिलाई सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्र भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)