अलबिदा ‘निम्सदाइ’ !
clickmandu.com · Sat Aug 01 12:02:02 GMT 2026

हिमालले जहिले पनि दुई किसिमका कथा दिन्छ- एउटा विजयको, अर्को बलिदानको । यसपटक कथा बलिदानको लेखिएको छ । हिमालको अंगालोमा बेरिएका अरू कोही नभई विश्वले चिनेको त्यही अद्वितीय पर्वतारोही निर्मल पुर्जा अर्थात ‘निम्सदाइ’ हुन् ।
पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल, ८,०५१ मिटर उचाइको ‘ब्रोड पिक’मा बिहीबार बिहान ठीक ९:२० बजे आइपरेको हिमपहिरोले पुर्जासहित १० जना पर्वतारोहीलाई सम्पर्कविहिन बनाएको थियो । उनी आबद्ध रहेको संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधनको दुःखद खबर सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)