साम्प्रदायिक हिंसाप्रति समाजवादी कम्युनिस्ट पार्टी नेपालको चिन्ता : सद्भाव र एकता कायम गर्न आग्रह
ratopati.com · Sat Aug 01 12:09:09 GMT 2026

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले पछिल्लो समय देशका विभिन्न ठाउँमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खलबल्याउने उद्देश्यले भएका हिंसात्मक घटना, आगजनी, तोडफोड र सार्वजनिक अशान्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
पार्टीका महासचिव अशोक सुवेदीले जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक सामाजिक संरचनालाई कमजोर बनाउने उल्लेख गरिएको छ । विभिन्न धर्म र समुदायका नाममा समाजलाई विभाजित गर्ने, अविश्वास र तनाव सिर्जना गर्ने तथा साम्प्रदायिक ध्रुवीकरण बढाउने गतिविधि मुलुक र जनताको हितमा नरहेको पार्टीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)