सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
makalukhabar.com · Sat Aug 01 12:06:56 GMT 2026

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गरी त्यसविरुद्ध तयारी अवस्थामा रहन सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।
आज बिहान धनगढीस्थित मुख्यमन्त्री निवासमा समसामयिक सुरक्षास्थिति र विपद् व्यवस्थापनका विषयमा सुरक्षा निकायसँगको बैठकमा उनले सम्भावित चुनौतीको मिलेर सामना गर्नुपर्ने बताए । मुख्यमन्त्री शाहले सुनसरीसहित तराई-मधेसका जिल्लामा भइरहेका घटनाबाट सुदूरपश्चिममा पर्नसक्ने सम्भावित जोखिमबारे सचेत रहँदै सामाजिक सद्भाव कायम गर्ने/गराउने सम्बन्धमा सक्रिय हुन सबैलाई निर्देशन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)