कोदो उत्पादन बढाउन महानगरको पहल
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
पोखरा। पोखरा महानगरपालिकाले रैथाने बाली कोदोको उत्पादन बढाउन न्यूनतम समर्थन मूल्य लागू गरेको छ। बजारमा कोदोको माग बढ्दै गए पनि उत्पादन घट्दै गएकाले कृषकलाई खेतीतर्फ आकर्षित गर्न यो व्यवस्था लागू गरिएको महानगरले जनाएको छ।
दोस्रो कोदो महोत्सवको अवसरमा महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगर क्षेत्रमा करिब तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको र वार्षिक करिब चार हजार आठ सय मेट्रिकटन उत्पादन हुने अनुमान रहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)