हेटौँडामा निकालियो सद्भाव र्याली
baahrakhari.com · Sat Aug 01 12:45:37 GMT 2026

हेटौँडा । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको भावना सुदृढ बनाउने उद्देश्यले मकवानपुरको हेटौँडामा शनिबार (साउन १६) बृहत् सामाजिक सद्भाव र्याली सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा गरिएको र्याली हेटौँडा–४, हुप्राचौरबाट सुरु भई नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै सम्पन्न भएको हो ।
र्यालीमा विभिन्न धर्म, संस्कृति र समुदायका प्रतिनिधिको उत्साहपूर्ण सहभागिता देखिएको थियो । र्यालीमा धार्मिक संघसंस्थाका अगुवा, विभिन्न धर्मावलम्बी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज, टोल विकास संस्था, गैरसरकारी संस्था, सञ्चारकर्मी, सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)