द्रौपदीले न्यायको प्रश्न गर्दा मौन बसेजस्तो हाम्रो सभा नबनोस् : सपना प्रधान मल्ल
baahrakhari.com · Sat Aug 01 13:03:29 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्यांकन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुने बताएकी छन् । शनिबार (साउन १६) ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन् ।
न्यायाधीश मल्लले मुलुकमा उत्कृष्ट संविधान, कानुन र सक्षम संस्था विद्यमान भए पनि तिनको सान्दर्भिकता सबैभन्दा कमजोर नागरिकले राज्यको ढोकामा पाउने न्यायको प्रकृतिमा निर्भर रहने उल्लेख गरिन् । सबैभन्दा कमजोर नागरिक न्याय खोज्दै आउँदा उसले सुनुवाइ पाउँछ कि मौनता, सहयोग पाउँछ कि अपमान भन्नेले नै कानुन र संस्थाको वास्तविक मूल्य निर्धारण गर्ने उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)