हिन्दूवादी संगठनसँग गृहमन्त्री गुरुङको वार्ता
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ–संस्थाका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ। शनिबार जनकपुरधाममा करिब ३ घण्टा वार्ता भएपछि अर्को चरणको छलफलका लागि एक घण्टाको ब्रेक लिइएको हो।
वार्तामा गृहमन्त्री गुरुङसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल तथा एसपी, डीएसपी र डीआईजी लगायतका सुरक्षा निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)