दमौली आगलागी घटना : सात करोड बराबरको क्षति
lokaantar.com

तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान भएको आगलागीमा करिब रु सात करोड क्षति भएको विवरण सङ्कलन गरिएको छ ।
व्यास नगरपालिकाले गठन गरेको समितिले आज सङ्कलन गरेको विवरणअनुसार रु छ करोड ९९ लाख ५१ हजार छ सय ७० को क्षति विवरण सङ्कलन भएको हो । समितिका संयोजक एवं व्यास–३का वडाध्यक्ष अनुप रानाले २१ जना पीडितसँग भेटेर विवरण सङ्कलन गरिएको जानकारी दिए । सङ्कलित क्षतिको विवरण नगर विपद् समितिमा पेस गरिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)