सप्तरीमा सामाजिक सद्भाव कायम राख्न सामुहिक प्रतिबद्धता
rajdhanidaily.com · Sat Aug 01 14:13:19 GMT 2026

राजविराज । जनप्रतिनिधि, राजनीतिक दल तथा समाजका अगुवाहरुले धार्मिक र सामाजिक सद्भावमा खलल हुन नदिन समाजका सबै पक्ष जिम्मेवार र सजग हुनुपर्नेमा जोड दिएका छन् । राजविराज नगरपालिकाले शनिवार आयोजना गरेको कार्यक्रममा उनीहरुले समाजमा अशान्ति चाहने केही तत्वले धार्मिक र सामाजिक सद्भाव भडकाउने प्रयत्न गरिरहेको उल्लेख गर्दै त्यस तर्फ सबै जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिएका हुन ।
‘केही दिन अघि सुनसरीमा हिन्दू–मुस्लिम समुदायबीच उत्पन्न टकराउ पूर्ण घटनामा दुई जनाको ज्यान गएको र त्यसपछि सिराहाको गोलबजारमा समेत १ जनाको ज्यान गएको घटनाले हामी सबैलाई दुखित र चिन्तित बनाएको छ, कार्यक्रमका प्रमुख अतिथि रहेकी प्रतिनिधि सभा सदस्य डा. अंकिता ठाकुरले भनिन–यस्ता घटना पुनः नदोहोरिन दिन हामी सबै सचेत रहनु जरुरी छ ।’ उनले समाजिक सदभाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड समेत दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)