साउदी अरेबियाले गर्दै पर्यटन पूर्वाधारमा तीव्र विस्तार
annapurnapost.com · Mon Jun 29 06:31:24 GMT 2026

साउदी अरेबिया : साउदी अरेबियाले पर्यटन क्षेत्रलाई विश्वकै अग्रणी गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत सन् २०३० सम्म देशभर होटल क्षेत्रको विस्तार गर्ने भएको छ। साउदी सरकारको दृष्टि– २०३० अन्तर्गत १ लाख ५ हजारभन्दा बढी होटलका कोठा थप्ने तयारी गरेको हो।
सरकारले सन् २०३० सम्म वार्षिक १५ करोड स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको छ। यही लक्ष्य हासिल गर्न होटल, विश्रामस्थल, मनोरञ्जन केन्द्र, यातायात, विमानस्थल तथा अन्य पर्यटन पूर्वाधारको तीव्र विकास भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)