वीरगञ्जमा निषेधाज्ञा हट्यो
shilapatra.com · Sat Aug 01 15:06:00 GMT 2026

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार १४ साउन बिहीबार साँझ ५ देखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो ।
उनले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदंगा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)