कमजोर प्रदर्शन : किन चलेन ब्याट, किन खस्कियो खेल ?
ratopati.com · Sat Aug 01 15:15:00 GMT 2026
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको पछिल्लो प्रदर्शनले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट यात्रालाई कठिन बनाएको छ । नेदरल्यान्ड्समा भएको पछिल्लो त्रिकोणात्मक शृंखलामा नेपालले अपेक्षित नतिजा निकाल्न नसक्दा अंक तालिकामा समेत दबाबमा परेको छ ।
नेपालले केही खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि निर्णायक क्षणमा ब्याटिङ र बलिङ दुवै पक्ष असफल हुँदा महत्त्वपूर्ण अंक गुमायो । विशेषगरी नामिबियासँग ३ रनको झिनो अन्तरले पराजित हुनु नेपालका लागि ठुलो धक्का बन्यो । त्यही हारले नेपालको शीर्ष चारमा पुग्ने सम्भावनामा असर गरेको छ । नेपालले घरेलु मैदानबाहिर गएर खेलेका पछिल्ला ८ खेलमध्ये कुनै पनि खेल जित्न सकेन । शृङ्खलामा नेपाल पहिलो खेलमा नामिबियासँग ८ विकेटले, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले, तेस्रो खेलमा नामिबियासँग ३ रनले र चौथो खेलमा घरेलु टोलीसँग ५७ रनले पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)