रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
onlinekhabar.com · Sat Aug 01 15:13:29 GMT 2026

१६ साउन, गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रतिद्वन्द्वी पुनमप्रसाद शर्मालाई ११ मतले पछि पार्दै रायमाझी विजयी भएका छन् ।
रायमाझीले ९३ मत ल्याउँदा शर्माले ८२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)