नगद तिरेर सामान किन्दै हुनुहुन्छ ? यो पोर्टलमा बिल दर्ता गर्नुहोला, लखपति बन्ने अवसर छ !
techpana.com · Sat Aug 01 15:23:28 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले नगद भुक्तानी गरी सामान खरिद गर्ने उपभोक्ताहरूलाई लक्षित गर्दै 'करदाता प्रोत्साहन उपहार कार्यक्रम' मा सहभागी हुनका लागि आधिकारिक पोर्टल सञ्चालनमा ल्याएको छ । विभागले https://prize.ird.gov.np पोर्टल सार्वजनिक गर्दै नगदमा कारोबार गर्ने उपभोक्ताहरूलाई आफ्ना खरिद बीजक (बिल) हरू प्रणालीमा प्रविष्ट गर्न आह्वान गरेको हो ।
बजारमा वस्तु तथा सेवा खरिद गर्दा बिल लिने-दिने संस्कृतिको विकास गर्न र व्यापारिक कारोबारलाई पारदर्शी बनाउन विभागले यो डिजिटल प्लेटफर्म तयार पारेको हो । यस पोर्टलको प्रयोग गरी उपभोक्ताले आफूले सामान किन्दा तिरेको बिलका आधारमा उपहार कार्यक्रममा आफ्नो दाबी सुरक्षित गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)