सञ्चालनमा आयो करदाता प्रोत्साहन पोर्टल
nepalnews.com · Sat Aug 01 16:08:56 GMT 2026

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ।
विभागले शनिबार एक सूचना जारी गर्दै नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक एवं सह-सचिव जनकराज शर्माका अनुसार १ साउनयता १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)