अमेरिका, इजरायलद्वारा इरानका ऊर्जा सुविधाहरुमा बमबारी गर्ने योजना: रिपोर्ट
barnanmedia.com · Sat Aug 01 15:56:30 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वासिङ्टनको युद्धविरामका सर्तहरू स्वीकार गर्न बाध्य पार्ने प्रयास स्वरुप केही दिनभित्रै इरानको ऊर्जा पूर्वाधारमा हवाई आक्रमण गर्ने योजना बनाइ रहेको जनाइएको छ ।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी समाचार पोर्टल एक्सियोसले राष्ट्रपति ट्रम्प अझै अन्तिम निर्णयमा पुगी नसकेको तथा आन्तरिक छलफलहरू इरानी पूर्वाधार र ऊर्जा सुविधाहरूलाई लक्षित आक्रमणहरूमा केन्द्रित रहेको रिपोर्ट गरेको छ । रिपोर्टमा विचाराधीन अभियानको उद्देश्य जारी युद्धविराम वार्ताको बीचमा तेहरानमाथि दबाब बढाउनु रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)